काठमाडौं : रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सको सुर्खेत शाखाले सुर्खेतका राम बहादुर घर्तीको बीमा वापतको रकम भुक्तानी गरेको हो ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो ।
कम्पनीको सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम बहादुर वुढामगरको रोवरमा बीमितकी श्रीमती काशीमाया घर्तिलाई बीमा १४ लाख रुपैयाँ सोमबार उनकै घरमा गई दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
Advertisment