मन्थली : रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान शुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आइतबार सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।
पर्यटकका लागि सिजन मानिने यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थल...