काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १० कित्ता शेयर विद्यमान शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो । ।
पुनर्बीमा कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी र जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले असोज १४ गते कार्यालय समयभित्र विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथली काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३३५ रूपैयाँ तोकिएको छ ।
कम्पनीको शेयर खरिद गर्न तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको शेयर खरिदका लागि न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदन दिँदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
Advertisment