काठमाडौं : आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशत कर सहितको नगद लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले असोज २९ गते साधारणसभा बोलाएको छ ।
उक्त सभा सो दिन दिउँसो ४ बजे राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारमा हुनेछ । यसका साथै सभाले प्रस्तावित लाभांश प्रस्ताव पारित गर्नेछ ।
Advertisment