काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक सय रुपैयाँले बढेको सुन र तोलामा ५ रुपैयाँले बढेको चाँदीको मूल्य आज स्थिर रहेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment