Below Menu
Below Menu

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ९३ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापकको ७५ लाख कित्ता गरी कुल ९३ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसएनओआरएल’ रहेको छ ।

कम्पनीको शेयर शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

Advertisment

थप समाचार