काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले आफ्नो शेयर संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको हो ।
यसका साथै कम्पनीले एफपीओ निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र अन्य लघुवित्त कम्पनीसँग मर्जरका लागि आवश्यक प्रक्रिया पुरा गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी पनि दिने भएको छ ।
कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे बस्ने छ ।
सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, एफपीओ निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, अन्य लघुवित्त कम्पनीसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी स्वीकृत गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २३ गते एक दिनका लागि बूक क्लोज गर्ने भएको छ । जसअनुसार असार २२ गतेसम्म कायम शेयरधनीहरुले संस्थाको साधारणसभामा भाग दिलन पाउने छन् ।
Advertisment