काठमाडौं : सांग्रिला इनर्जी लिमिटेडले असार १९ गते विशेष साधारणसभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस शेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय एस अपार्टमेन्ट नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सो साधारणसभाले बोनस शेयर जारी गर्ने लगायत विविध प्रस्ताव पारित गर्नेछ।
Advertisment