काठमाडौं : एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिहिबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
कम्पनीको आईपीओमा २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २६ लाख ४१ हजार ९५९ आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
२०६८ सालमा स्थापना भएको एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ ।
कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आएको छ ।
Advertisment