Below Menu
Below Menu

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकम छ अर्ब नजिक 

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकम छ अर्ब नजिक 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.८१ प्रतिशतले बढेको हो । आज एनआईसी बुंगल हाइड्रोको शेयरमूल्य १०.३२ प्रतिशतले घटेको छ ।  
 

Advertisment