काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रकम किसानलाई भुक्तानी भईरहेको छ ।
पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसेको छ, भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ ।
डीडीसीको हाल दैनिक करिब एक करोड रुपैयाँको कारोबार भईरहेको छ भने, सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भईरहेको छ । बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि कार्यभईरहेको छ ।
दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताइन् ।
दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ ।
Advertisment