Below Menu

नेप्से परिसूचकमा झिनो अंकको सुधार, पाँच अर्ब ७९ करोडको कारोबार 

नेप्से परिसूचकमा झिनो अंकको सुधार, पाँच अर्ब ७९ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्से चार अर्ब २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको हो । आज युनिलिभर नेपाल कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले घटेको छ । 
 

थप समाचार