काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७ जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए ।
यस अघि विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।