Below Menu
Below Menu

कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त 

कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त 

काठमाडौं : अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा नियुक्त भएका छन्। नेपाल सरकार (मन्त्रीस्तरीय) को निर्णयअनुसार उनलाई बैंकको सञ्चालक समितिमा सदस्यका रूपमा मनोनयन गरिएको हो।

कृषि विकास बैंकका सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत भएपछि पाण्डेयलाई सञ्चालकको जिम्मेवारी दिइएको हो।

बैंकद्वारा जारी सूचनाअनुसार अर्थ मन्त्रालयका सहसचिव पाण्डेयलाई २०८२ जेठ ७ गतेको निर्णयबाट सञ्चालक समितिको सदस्य तोकिएको थियो। उनले जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकबाट पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन्।

Advertisment