काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगे कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा सात अर्ब ४६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज होटल फरेष्ट इन कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इन कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज दोल्ती पावर कम्पनीको शेयरमूल्य ५.३५ प्रतिशतले घटेको छ ।
Advertisment