रौतहट : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो ।
आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ ९५९।५९०, मौलापुर ९५८.९७०, परोहा ९५७.१४०, राजदेवी ९५२.५१०, माधवनारायण ९५२.४०० र चन्द्रपुर नगरपालिका ९५०.९०० अङ्कसहित मध्यम स्थानमा छन् ।
गुजरा ९४८.७३०, गढीमाई ९४६.२००, यमुनामाई ९४६.०६०, गरुडा ९४३.८४०, कटहरिया ९४३।७५०, दुर्गा भगवती ९४२.६००, फतुवा विजयपुर ९३५.४१० र वृन्दावन ९३१.६९० अङ्क कार्यसम्पादन मूल्याङ्कनमा ल्याएका हुन् ।
गुजरा ९४८.७३०, गढीमाई ९४६.२००, यमुनामाई ९४६।०६०, गरुडा ९४३.८४०, कटहरिया ९४३.७५०, दुर्गा भगवती ९४२.६००, फतुवा विजयपुर ९३५.४१० र वृन्दावन ९३१।६९० कार्य सम्पादन मूल्याङ्कनमा कमजोर देखिएका छन् ।
देवाही गोनाही नगरपालिका ३०.९१ अङ्कका साथ जिल्लाकै अन्तिम स्थानमा पुगेको छ । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले यो सफलतालाई नगरवासीको साझा उपलब्धि भन्दै यसले सुशासन र सेवा प्रवाहमा थप ऊर्जा प्रदान गरेको बताए । उनले आगामी दिनमा पारदर्शिता र जवाफदेहितालाई थप प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
आयोगले स्थानीय तहको बजेट तथा राजस्व व्यवस्थापन, लेखापरीक्षण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य ९खोप र मातृस्वास्थ्य०, राजस्व परिचालन, योजना तर्जुमा र बेरुजु व्यवस्थापन जस्ता महत्वपूर्ण १७ सूचकहरूलाई आधार मानेर यो अङ्क प्रदान गरेको हो