ट्रेजरीमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने,  १० अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुसार २८ दिने ट्रेजरी बिल भदौ ९ गते र १८२ दिने ट्रेजरी बिल माघ १२ गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन ११ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि असार १८ गते १८ अर्ब ६० करोड रुपैयाँ रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

थप समाचार