Below Menu
Below Menu

कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री

कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए । 

उनले पहिला–पहिला पाचनप्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको  प्रसङ्ग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिइ जीवन पद्धतिलाई सही ढङ्गबाट अघि बढाउने हो भने स्वस्थ्य रहन सकिने धारणा व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले पञ्चायतकालमा गोलघरमा चिसो भूइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुुकाउनुहुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरे । 

Advertisment

थप समाचार