Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, करिब ७ अर्बको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २७.७५ अंकले बढेर २०२२.३५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आज बजारमा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा बोटलर्स नेपाल, स्वरोजगार लघुवित्त विकास बैंक, सूर्यज्याति लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, बिपिडब्लु लघुवित्त, हाइथवे इन्भेष्मेन्ट नेपाल रहेका छन् । यी कम्पनीको शेृयरमूल्यमा सर्किट लागेको हो ।  

यसका साथै मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्त, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, किसान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र  गुडबिल फाइनान्सको शेयरमूल्य पनि ९ प्रतिशत भन्दाबढीले बढेको छ । 

आज हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार