Below Menu
Below Menu

नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, ३० प्रतिशत लाभांश दिने 

नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, ३० प्रतिशत लाभांश दिने 

काठमाडौं : नेपाल ल्यूब आयलले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव सहति साधारणसभा बोलाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।उक्त लाभांश पारित गर्न कम्पनीले पुस २५ गते बिहान ११ः३० बजे याक प्यालेस पुल्चोकमा साधारणसभा बोलाएको छ । 

सभाले कम्पनीले वितरण गर्न लागेको लाभांश प्रस्ताव लगायत गत आवको वित्तीय विवरण र कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ९ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।
 

Advertisment

थप समाचार