काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकम भने समान्य बढेको छ । आज बजारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा सयपत्री हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै आज सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment