काठमाडौं : सहकारी मोबाइल बैंकिङ एप ‘आईस्मार्ट’ले नयाँ वर्ष तथा तेस्रो वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
‘नयाँ वर्षको साथ, स्मार्ट डिजिटल सहकारीको सुरुवात’ भन्ने नारासहित ल्याइएको विशेष अफरअन्तर्गत सहकारी संस्थाले सेवामा १० प्रतिशत छुट पाउनुका साथै १ महिना निःशुल्क परीक्षण सुविधा पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु महर्जनले जानकारी दिए।
सहकारी संस्थाहरूलाई डिजिटल प्रविधिमा आबद्ध गराई सदस्य सेवा, कारोबार व्यवस्थापन र सञ्चालनलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ यो योजना ल्याइएको उनले बताए। नयाँ वर्ष र कम्पनीको वार्षिकोत्सवको अवसरमा ल्याइएको विशेष अफरले सहकारीहरूलाई डिजिटल प्रणाली अपनाउन थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीले गरेको छ।
यो अफर २०८३ बैशाख महिनाभर सञ्चालन हुने कम्पनीले जनाएको छ। अफरको भरपुर फाइदा लिन कम्पनीले सहकारी संस्थाहरूलाई आग्रह गरेको छ।
देवन सफ्ट प्रा.लि.ले विकास गरेको ‘आईस्मार्ट’ सरल, सहज र सुरक्षित सहकारी मोबाइल बैंकिङ एप हो। ‘अबको सहकारी, आईस्मार्ट डिजिटल सहकारी’ भन्ने मूल मन्त्रका साथ सेवा प्रवाह गरिरहेको ‘आईस्मार्ट’ आईएसओ ९००१ र २७००१ प्रमाणित मोबाइल बैंकिङ एप हो।
७ सयभन्दा बढी सहकारी संस्थामा सफल परीक्षण भइसकेको यो एप ४५ भन्दा बढी कोर बैंकिङ सिस्टमबाट प्रमाणित छ। जुनसुकै सहकारी सफ्टवेयरमा समेत जडान गर्न सकिने यो एप विशुद्ध सहकारीहरूका लागि लक्षित गरी विकास गरिएको हो। आईओएस र एन्ड्रोइड दुवै संस्करणमा उपलब्ध यस एपमार्फत बैंक तथा सहकारीबीच सहज रियल टाइम फण्ड ट्रान्सफर सुविधा उपलब्ध छ।
सदस्यहरूलाई उपलब्ध क्यूआर कोडमार्फत बैंक वा डिजिटल वालेटबाट पनि आफ्नै सहकारी खातामा सिधै रकम जम्मा गर्न सकिने व्यवस्था छ।
यस एपमार्फत सरकारी भुक्तानी, बिजुली, खानेपानी, हवाई तथा बस टिकट, मोबाइल टपअप, टिभी तथा इन्टरनेट शुल्क भुक्तानी गर्न सकिन्छ। साथै ब्रोकर पेमेन्ट, बीमा शुल्क, कनेक्ट आईपीएस, वालेट लोड, एसएमएस बैंकिङ, एटीएम, मिस्डकल बैंकिङ, ट्याबलेट बैंकिङ, रेमिटेन्स र इन्टरनेट बैंकिङ सेवा समेत उपलब्ध छन्।
Advertisment