Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, चार अर्ब ७३ करोडमा खुम्चियो कारोबार 

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, चार अर्ब ७३ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले बढेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८७८.७० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७३ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब २७ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज निफ्रा ग्रिन इनर्जी डिबेञ्चर कम्पनीको शेयरमूल्य १४.०१ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार