Below Menu
Below Menu

भन्सार नियमावली २०८३ स्वीकृत, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबारको अनुमति

भन्सार नियमावली २०८३ स्वीकृत, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबारको अनुमति

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धि सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

२. भन्सार नियमावली २०८३ स्वीकृत गर्ने ।

३. सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने ।

Advertisment