Below Menu
Below Menu

मुद्दती खातामा लगानी गर्दै सेबोन, ब्याजदर प्रस्ताव गर्न आह्वान 

मुद्दती खातामा लगानी गर्दै सेबोन, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै बोर्डमा रहेको लगानी योग्य (अक्षय कोष बाहेकको) रकम मुद्दती खातामा लगानी गर्न लागिएको जनाएको हो ।

बोर्डले उक्त रकम वाणिज्य बैंकहरुमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । इच्छुक बैंकहरुले सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र अर्थात कात्तिक १९ गतेसम्म कार्यालय समयभन्दा एक घण्टा अगाडी आवश्यक काजजात सहित सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने छ ।

प्राप्त सिलबन्दी प्रस्तावहरु सिलबन्दी पेश गर्ने अन्तिम दिन दिउँसो ४.१५ बजे बोर्डको कार्षलय खुमलटार ललितपुरमा खोलिने सूचनामा उल्लेख छ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित हुनेछ । 

Advertisment

थप समाचार