काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment