काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेससँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ६९ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा महुली लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको हो । त्यस्तै आज सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्मिट लागेको छ ।
Advertisment