काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति स्प्रिड वाटर उद्योगलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अनुमगनको क्रममा जारको पानी भित्र किरा भेटिएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको हो ।
यस साथै समितिले उक्त रकम सात दिन भित्र समितिको खाता रहेको एनआईशी एसिया बैंकमा जम्मा गरी भौचरको प्रतिलिपी समेत पेश गर्न अनुरोध गरेको छ ।
उक्त उद्योगलाई समितिले पानीको जार भित्र अब उप्रान्त किरा भएको हुनु हुँदैन, खानेपानी भर्नुअघि अनिवार्य निर्मलीकरण गर्न र ल्याव रिपोर्ट अनिवार्य रुपमा ढ्वानीमो समयमा ढुवानीको साधनमा पठाउन समेत निर्देशन दिएको छ ।
Advertisment