Below Menu
Below Menu

सालपा विकास बैंकको नोक्सानी घट्यो, खराब कर्जामा पनि सुधार 

सालपा विकास बैंकको नोक्सानी घट्यो, खराब कर्जामा पनि सुधार 

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । 

आर्थिक वर्षको सोही अवधिसम्ममा बैंक ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी बढेसँगै नोक्सानी घटेको हो । साथै बैंकको खराब कर्जा घटेसँगै नोक्सानी घटेको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.४७ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेको छ । 

गत आवको सोही अवधिमा ६.९२ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ३.३५ प्रतिशतमा झरेको छ । खराब कजाृ घटेसँगै बैंकको इम्पेरमेन्ट चार्ज एक करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। 

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) ०.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ। 

यस अवधिसम्ममा बैंकले एक अर्ब ४९ करोड ४३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक अर्ब १९ करोड ७५ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । चैत मसान्तसम्म ५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक करोड ९५ लाख रुपैयाँ सञ्चित छ।

Advertisment

थप समाचार