Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, साढे सात अर्बको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, साढे सात अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका २४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्से ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज प्राइम बैंक डिबेञ्चरको शेयरमूल्य २.९६ प्रतिशतले घटेको छ । 
 

थप समाचार