काठमाडौं : अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पोषराज पाण्डेले अर्थतन्त्रमा अहिले एकैपटक समस्या देखिएको नभइ विगतकै समस्याको निरन्तरताका रुपमा अहिले जटिल परिस्थिति सिर्जना भएको बताएक छन् । बिहिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “अर्थतन्त्रमा समस्या अहिले मात्रै देखिएका होइनन् । विगत देखिकै समस्यामाथि समस्या थपिँदै जाँदा अहिले ठूलो समस्या देखिएको हो ।” त्यस्तै, मुलुकको अर्थतन्त्रमा स्वार्थ समूह हाबी भएको पनि पाण्डेको दाबी छ ।
सोही कार्यक्रममा बोल्दै अर्थविद डा अच्युत वाग्लेले मुलुकको अर्थतन्त्रबारे सबैतिरबाट समान भाष्य स्थापित हुनुपर्ने बताए । “सरकारले अर्थतन्त्र समस्यामा छैन भन्ने तर निजी क्षेत्रलगायतले समस्या छ भन्ने फरक–फरक भाष्य देखिन्छ । वास्तविक अवस्था के हो भनेर तथ्यमा आधारित भाष्य बनाउन जरुरी छ”, उहाँले भने ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि सोहीअनुसारको मौद्रिक नीति आउन आवश्यक रहेको बताए ।
नेपालभित्रको स्रोतसाधन प्रयोग गरेर समृद्धि हासिल गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो । अहिले अधिक तरलता हुँदासमेत कर्जाको माग बढ्न नसकक्नुको कारण खोजिनुपर्ने र घरजग्गाको कारोबार घट्दा त्यसबाट देखिएका बहुआयामिक प्रभावको विश्लेषण गरिनुपर्ने उनको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने बेला आएको बताए । अहिले अर्थतन्त्रमा उपभोग घट्दै गएको उल्लेख गर्दै पाण्डेले यसलाई सुधार्न वित्तीय, मौद्रिक र संरचनागत नीतिको समन्वयकारी भूमिका रहनुपर्ने बताए ।
त्यस्तै, दातृ निकायका आर्थिक नीति नेपालमा लागू गर्दा त्यसले खराब नतिजा देखाएको उनले दाबी गरे । अर्थतन्त्रमाथि राजनीति गर्न नहुने उल्लेख गर्दै पाण्डेले अर्थतन्त्र सकिए राजनीति पनि सकिने बताए ।
नेपाल उद्योग व्यापार महासङघका अध्यक्ष खिमलाल भण्डारीले अहिले नेपालको अर्थतन्त्रमा संरचनागत समस्यामा रहेको बताए । त्यस्तै नियामक निकायमा पनि समस्या रहेको उनले उल्लेख गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदानको मूल्याङ्कन हुन नसकेको बताए । हाल करिब छ लाखको सङ्ख्यामा रहेका लघु घरेलु तथा साना उद्योगलाई राज्यले उपेक्षा गर्न नहुने उनले बताए । उद्योगमैत्री कानुन आवश्यक छ । उद्योगी पलायन भइरहेका छन् । हामीसँग भएको दक्षजनशक्ति पलायन भइरहेको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका महासचिव भागिरथ सापकोटाले नेपालको संविधानले तय गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी सङ्ख्यामा रहेका लघु घरेलु तथा साना उद्योगलाई राज्यले उपेक्षा गर्न नहुने उनले बताए । उद्योगमैत्री कानुन आवश्यक छ । उद्योगी पलायन भइरहेका छन्
Advertisment