Below Menu
Below Menu

जीवन बीमा कम्पनीहरुको व्यवसाय २९ अर्ब माथि, पाँच कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

जीवन बीमा कम्पनीहरुको व्यवसाय २९ अर्ब माथि, पाँच कम्पनी अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । चाल् आर्थिक वर्षको भदौ मसान्तसममा मात्र कम्पनीहरुले २९ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले एक करोड ३४ लाख ५१ हजार ८२२ बीमालेख बिक्री गरी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको भदौ मसान्तसम्म तीन अर्ब ८ करोड ६५ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । जबकी गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ४० लाख ३९ हजार ५०७ बीमालेख बिक्री गरी २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । 

एक महिनामा साढे नौं अर्बको व्यवसाय

कम्पनीहरुले चालु आवको भदौ महिनामा मौ साढे नौं अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ८ लाख १५ हजार ३६६ बीमालेख बिक्री गरी ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

जबकी गत साउन महिनामा बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ बीमालेख बिक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

अग्र स्थानमा नेपाल लाइफ

चालु आवको भदौ मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले ८ अर्बको व्यवसाय गरेको छ । कम्पनीले यस अवधिमा १ज्ञ लाख ४५ हजार ९४५ बीमालेख बिक्री गरी आठ अर्ब एक करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले नौं लाख ३ हजार ४७३ बीमालेख जारी गरी ७ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

अर्ब क्लबमा पुगेनन् अझै पाँच कम्पनी

प्राधिकरणको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा पाँच कम्पनीको व्यवसाय अझै एक अर्ब भन्दा कम रहेको छ । यस अवधिमा मेट लाइफ इन्स्योरेन्सले ९२ करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ७६ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

भदौ मसान्तसम्म सन नेपाल लाइफले ६३ करोड ७४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले ६७ करोड ५५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ८२ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

अन्य कम्पनीको व्यवसाय

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेशनल लाइफले १५ लाख ८२ हजार ६३६ बीमालेख जारी गरी २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ । 
त्यस्तै, यस अवधिमा लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ६ करोड ३४ लाख, एशियन लाइफले एक अर्ब २२ करोड ८ लाख, सिटिजन लाइफले एक अर्ब एक करोड १० लाख रुपैयाँ र सूर्यज्योति लाइफले एक अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म सानिमा रिलायन्स लाइफले ९ लाख ५३ हजार ८७३ बीमालेख बिक्री गरी एक अर्ब एक करोड ५९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने हिमालन लाइफ इन्स्योरेन्सले तीन लाख ८६ हजार ९ बीमालेख जारी गरी २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ

दुई लघुबीमाले गरे १३ लाखको व्यवसाय

प्राधिकरणबाट भर्खरै लाइसेन्स पाएर व्यवसाय शुरु गरेका दुई लघुबीमा कम्पनीहरुले १३ लाख ४५ हजार रुपैयाँको व्यवसाय गरेका छन् । यस अवधिमा गार्डियन माइक्रो लाइफले ९८३ बीमालेख जारी गरी १० लाख ३७  हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने केष्ट माइक्रो लाइफले ३६१ बीमालेख जारी गरी तीन लाख ७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 

Advertisment