बाढीपीडितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग

बाढीपीडितका लागि राष्ट्र बैंकबाट एक करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले राहत रकम संकलन गरेका छन्।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरू (करार सेवाका कर्मचारीसमेत) को तर्फबाट एक करोड ३८ लाख ९९ हजार ४२५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

बाढीपीडितको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो।

थप समाचार