काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आज पियोर इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज इमर्जिङ नेपाल र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।