काठमाडौं : सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।
उनको अन्त्येष्टि छोराहरु विदेशबाट आएपछि गरिने भएको छ । नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । हृदयघातका कारण गएराती नेम्वाङको निधन भएको थियो ।
Advertisment