काठमाडौं : विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ । गत शुक्रवार काठमाडौँ बुढानिलकण्ठस्थित देउवा चोकमा माटो ब्राण्डको सातौँ स्टोर सञ्चालनमा आएको हो । माटो ब्राण्डको बुढानिलकण्ठको नयाँ स्टोरसँग अब माटो ब्राण्डको स्टोर संख्या ७ पुगेको हो ।
माटोले आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरुको घरदैँलोमा पु¥याउने नयाँ अध्यायलाई थप एक पाइला गति लिएको छ । माटोले सबै स्थानिय ग्राहकवर्गलाई ताजा र जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरुको स्वाद लिन सक्ने भएका छन् ।
माटोको मूल्यमान्यता र लक्ष्यहरु आत्मसात गर्ने समुदाय र ग्राहकलाई उत्कृष्ट छुट र बिशेष उपहारको व्यवस्था गरिएको छ । स्थानीय किसानहरू सफल बनाउन र कृषिमा बलियो राष्ट्र बनाउने मान्यता माटोले लिएको छ । माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
माटो ब्राण्डका अध्यक्ष पवन कुमार गोल्यानले किसानले आफ्नो उत्पादनको उचित मूल्य नभएको थाहा पाएर अर्गानिक कृषि उत्पादन र बजारीकरणको यात्रामा लागेको बताए । उनले किसानका भोगाई र सङ्घर्षको जिवन्त राखिराख्न किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको बताए । उनले माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्य लिएको पनि बताए ।
उनले मानव जीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अभिवृद्धि गर्न गरी मुख्य केन्द्रविन्दु माटोको मान्यता रहेको बताए । माटोको आरम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित गर्ने हो । माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर, विषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने बिधिलाइ निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ।
माटोले देश भरका स्थानीय फार्महरू बाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउछ। लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, ईलामको शुद्ध गाईको घ्यु र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन माटोले प्रोत्साहन गरिरहेको छ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरुको मात्रा घटाउनु पनि रहेको छ।
माटोले यसअघि काठमाडौँको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेपा माटोका स्टोरहरु संचालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहीत उत्पादन आपूर्ति गरिरहेको छ ।
माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ । माटोले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैबीक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ ।
माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि खरिद गर्न सकिनेछ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रालि मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन्।
Advertisment