काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारमा दुई दिन दोहोरो अंकले बढेको शेयर बजार आज फेरी घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३१.५२ अंकले बढेर २०१३.९३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा एक अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोल्टी होटल्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिमता घरेलु लघुवित्त र मोलुङ हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment