इजरायल-इरान तनावः त्रिवि विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
काठमाडौं : पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ ।
इजरायल र इरानबीच आक्रमण–प्रत्याक्रमणको अवस्था सिर्जना भएसँगै केही देशहरूले हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत गन्तव्यका उडानहरू...