वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सेयर बजारमा दोहोरो अंकको सुधार
सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं : निरन्तर गिरावट आएको सेयर बजारमा बुधबार भने दोहोरो अंकले सुधार आएको छ । साताको चौथो कारोबार दिन आज बजार १५.१३ अंकले बढेर परिसूचक १९२०.१२ बिन्दुमा उक्लिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १...

क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट पूर्वाधार वर्ल्डलिंकले प्रदान गर्ने
क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट पूर्वाधार वर्ल्डलिंकले प्रदान गर्ने

काठमाडौं : मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ । क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंक र क्रिकेट स...

सेयर बजारमा सामान्य गिरावट
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं : मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ३.०४ अंकले घटेर १९०४.६५ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ । आज कारोबार भएका २६६ कम्पनीको २९ लाख ७...

राष्ट्र बैंकले भन्यो- बहकाउमा लागेर बैंक तथा वित्तीय संस्थाको सेवा नलिनू
राष्ट्र बैंकले भन्यो- बहकाउमा लागेर बैंक तथा वित्तीय संस्थाको सेवा नलिनू

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जा...

२३.६४ अंकले घट्यो सेयर बजार
२३.६४ अंकले घट्यो सेयर बजार

काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गि...

आर्थिक सूचांक अब सकरात्मक हुन्छ: अर्थमन्त्री महत
आर्थिक सूचांक अब सकरात्मक हुन्छ: अर्थमन्त्री महत

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।  वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो...

बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?
बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन । बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो । बैंक तथा वित्तीय संस...

राष्ट्र बैंकको कारबाही परे ६ बैंक तथा वित्तीय संस्था
राष्ट्र बैंकको कारबाही परे ६ बैंक तथा वित्तीय संस्था

काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विक...

पाँच विषयमा केन्द्रीत रहने चन्द्र प्रसाद ढकालको प्रतिवद्धता
पाँच विषयमा केन्द्रीत रहने चन्द्र प्रसाद ढकालको प्रतिवद्धता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट २०औं अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने...

लघुवित्तको ब्याजदर एकल अंकमा झार्न माग
लघुवित्तको ब्याजदर एकल अंकमा झार्न माग

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूले ऋणीलाई लगाउने ब्याज एकल अंकमा झार्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने गरी चलाएको संस्थागत सुद्खोरी र मीटरब्याजक...

निजी क्षेत्रको मनोबल बढाउने काम गर्छु: ढकाल
निजी क्षेत्रको मनोबल बढाउने काम गर्छु: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको मनोवल बढाउनका लागि काम गर्ने बताएका छन् । वर्तमान आर्थिक संकटको समाधानका लागि महासंघको तर्फबाट पहल गर्ने समेत बताए। सरकार लगायत सरोकारवाला...

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने 
मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने 

गैंडाकोट : नवलपुरको गैंडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । आज बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो। केबलकारको बटम स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नंं...

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्राथमिकतामा पाँच काम
उद्योग वाणिज्य महासंघको नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्राथमिकतामा पाँच काम

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत २०औं अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा ग...

ठूला आयोजना अगाडि बढाउने लगानी बोर्डको निर्णय
ठूला आयोजना अगाडि बढाउने लगानी बोर्डको निर्णय

काठमाडौं : स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजन...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत 
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ सहमत भएपछि श्रेष्ठ स...

पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष
पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष

काठमाडौं : नेपाल नेपाल उद्योग वाणिज्य महासंघ महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान उद्योग वाणिज्य महासंघमा रहेको छ ।  महासंघको ५७औं वार्षिक साधारणसभाबाट ढकाल अध्यक्ष बनेका हुन् ।    को हुन् चन्द्रप्रसाद ढक...

विकास बैंक र फाइनान्स कम्पनीले घटायो निक्षेपको ब्याज
विकास बैंक र फाइनान्स कम्पनीले घटायो निक्षेपको ब्याज

काठमाडौं : वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर घटाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश विकास बैंकहरुले वैशाख महिनामा १०.६० प्रतिशत ब्याजदर दिने भएका हुन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए । यो एक वर्ष...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेश भिड्दै, संघई बाहिरिए
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेश भिड्दै, संघई बाहिरिए

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको छ। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो...

गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न धितोपत्र बोर्डलाई उच्च अदालतको आदेश
गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न धितोपत्र बोर्डलाई उच्च अदालतको आदेश

काठमाडौं : गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय गरेको थियो । बोर्डको उक्त निर्णयविरुद्द अध्यक्ष न्यौपानेले उच्...

नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति पाइन्छ ?
नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति पाइन्छ ?

काठमाडौं : नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्...

पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री
पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएकाे थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि...

दुई लघु बिमा कम्पनीले पायो लाइसेन्स
दुई लघु बिमा कम्पनीले पायो लाइसेन्स

काठमाडौं : नेपाल बीमा प्राधिकरणबाट थप दुई लघुबीमा कम्पनीले लाइसेन्स पाएका छन् । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले थप दुई लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स...

ब्याजदर घट्ने भएसँगै सेयर बजारमा देखियो चमक, ९२.२२ अंकले बढ्यो नेप्से
ब्याजदर घट्ने भएसँगै सेयर बजारमा देखियो चमक, ९२.२२ अंकले बढ्यो नेप्से

काठमाडौं : ब्याजदर एकल अंकमा झर्ने भएपछि सेयर बजारमा पनि रौनक देखिएको छ ।साताकाे चाैथाे काराेबार दिन बुधबार बजार ९२.२२ अंकले बढेर परिसूचक १९६३.५५ को बिन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.२५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंकले बढेको छ । साथै, स...

विनिमय सञ्चिति १५.२ प्रतिशतले बढ्यो
विनिमय सञ्चिति १५.२ प्रतिशतले बढ्यो

काठमाडौं : नेपालको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशत बढेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४०१ अर्ब २१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब...