Below Menu
Below Menu

ब्याजदर घट्ने भएसँगै सेयर बजारमा देखियो चमक, ९२.२२ अंकले बढ्यो नेप्से

ब्याजदर घट्ने भएसँगै सेयर बजारमा देखियो चमक, ९२.२२ अंकले बढ्यो नेप्से

काठमाडौं : ब्याजदर एकल अंकमा झर्ने भएपछि सेयर बजारमा पनि रौनक देखिएको छ ।साताकाे चाैथाे काराेबार दिन बुधबार बजार ९२.२२ अंकले बढेर परिसूचक १९६३.५५ को बिन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.२५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँमा किनबेच भएको छ।

त्यस्तै, आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २१८.२० प्रतिशतले उकालो लागेको छ। वित्त समूह १०८.२१प्रतिशतले बढ्दा बैंकिङ समूहमा ६६.०३ प्रतिशत, विकास बैंक समूहमा १९०.८० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ११८.३६ प्रतिशत, जलविद्युत समूहमा १२०.२८ प्रतिशत, जीवन बीमा समूहमा१४३.२६ प्रतिशत, लघुवित्त समूहमा १७२.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा ३४३.२९ प्रतिशत, अन्य समूहमा४७.५५ प्रतिशत र व्यापार समूहमा ८४.२१ प्रतिशतको बढोत्तरी भएको छ।

नेप्सेका अनुुुसार आज ७ कम्पनीको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंक र सिभिल बैंक डिबेन्चर ८८ का लगानीकर्ताले भने बढी गुमाएका छन् । कारोबारका आधारमा आज सर्वाधिक शिवम सिमेन्टको ११ करोड ७१ लाख ३५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

Advertisment

थप समाचार