Below Menu

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । 

Sponsored Advertisement

यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहासलाई यसपटक बदल्ने लक्ष्य लिएको छ ।

यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमै व्यहोरेको हारलाई बिर्सेर पुनरागमन गर्ने योजनामा छ । लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक ट्रफी उचाल्ने अभियानमा छ ।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुनेछ ।

थप समाचार