काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको छ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच हुनेछ भने रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
पहिलो चरणको अन्तिम मतपरिणाममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत तथा रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन् ।
यसैगरी जिल्लारनगरतर्फ अन्जनले २०.६१, रामचन्द्रले १७.१०, उमेशलालले १२.२८ प्रतिशत मतभार पाएका थिए। एशोसिएट्सतर्फ रामचन्द्रले ११.४०,अन्जनले १०.६६, र उमेशलालले ७.९२ मतभार पाएका छन्। बस्तुगततर्फ उमेशललाले ११.३१, अन्जनले ६.७२ र रामचन्द्रले १.९६ प्रतिशत मतभार पाएका थिए।
महासंघको विधानअनुसार जिल्ला नगरतर्फको मत भार ५० प्रतिशत, एसोसिएटतर्फको मतको भार ३० र वस्तुगततर्फको मतभार २० प्रतिशत रहने गर्छ।
दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजे हुने निर्वाचन समितिले जनाएको छ।
Advertisment