काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो ।
श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ सहमत भएपछि श्रेष्ठ सर्वसम्मत भएका हुन् ।
पहिलो चरणको अन्तिम मतपरिणाममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत तथा रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षका तीन प्रतिस्पर्धी मध्ये रामचन्द्र संघई पहिलो चरणबाटै बाहिरिएका थिए ।
Advertisment