काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको मनोवल बढाउनका लागि काम गर्ने बताएका छन् ।
वर्तमान आर्थिक संकटको समाधानका लागि महासंघको तर्फबाट पहल गर्ने समेत बताए। सरकार लगायत सरोकारवाला निकायसँग छलफल गरी देशमा लगानीको वातावरण सिर्जना गर्ने समेत बताए । राज्य र निजी क्षेत्रबीच साझेदारीलाई अगाडि बढाउने समेत ढकालले बताएका छन् ।
निजी क्षेत्रलाई थप जिम्मेवार बनाउन प्रयास गर्ने बताउँदै ढकालले देश तथा विदेशमा काम गर्नसक्ने दक्ष नजशक्ति उत्पादनमा पहल गर्ने बताए ।
निजी क्षेत्रलाई राज्य र आम पब्लिकले हेर्ने धारणालाई सकारात्मक परिवर्तन ल्याउनुपर्ने समेत बताए ।
Advertisment