उद्योगमन्त्रीद्वारा नालाका दुई ग्यास उद्योगमा निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

उद्योगमन्त्रीद्वारा नालाका दुई ग्यास उद्योगमा निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छिन् । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी छिन् ।

उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन् ।  

उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरुले गरेको तर  उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरेका छन् । 

मन्त्री यादवले ग्याँसको अभाव हुन नदिन व्यवसायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्राथमिकतामा राखि ग्याँसको बिक्री वितरण गर्न निर्देशन दिइन् । 

थप समाचार