सामान्य अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

सामान्य अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन पावर पार्टनर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ११.२३ प्रतिशतले घटेको छ । 
 
 

थप समाचार