काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ११ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कृषि विकास बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सानिगाड हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १२३.६५ प्रतिशतले घटेको छ ।