काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको साढे चार लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बिहिबार नेप्सेले कुथेली बुखरी स्मल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर कम्पनीको चार लाख ८३ हजार ४३१ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनसपछिको एक लाख ३४ हजार ५४ दशमलव २५ कित्ता र नेपाल हाइड्रो डेभलपरको ९ प्रतिशत बोनसपछिको तीन लाख ४९ हजार ३८८ कित्ता शेयर सूचीकृत भएको छ ।
उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।