Below Menu
Below Menu

अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा, ९.९८ मेगावाट विद्युत उत्पादन सुरु

अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा, ९.९८ मेगावाट विद्युत उत्पादन सुरु

काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। आयोजनाको सुरुङभित्र रहेको एक्स्पान्सन जोइन्टमा पानी चुहावट देखिएपछि मर्मत कार्यका लागि केही समय विद्युत उत्पादन बन्द गरिएको थियो। 

कम्पनीले आवश्यक प्राविधिक मर्मत तथा परीक्षण कार्य सम्पन्न गरेपछि आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ।

कम्पनीका अनुसार सुरुङको एक्स्पान्सन जोइन्टमा अत्यधिक चुहावट भएपछि उक्त भागको मर्मत गर्न सुरुङभित्रको पानी पूर्ण रूपमा खाली गर्नुपरेको थियो। यसका कारण २०८३ जेठ १५ गते अपराह्न ३ः५५ बजेदेखि ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाबाट विद्युत उत्पादन स्थगित गरिएको थियो। आयोजना बन्द भएपछि प्राविधिक टोलीले तत्काल मर्मत तथा सुधार कार्य अघि बढाएको थियो।

कम्पनीले जारी गरेको सूचनाअनुसार मर्मत कार्य सफलतापूर्वक सम्पन्न भएपछि २०८३ असार १ गते बिहान ९स्११ बजेदेखि आयोजना पुनः सञ्चालनमा आएको हो। सञ्चालन पुनः सुरु भएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत आपूर्ति पनि नियमित भएको कम्पनीले जनाएको छ। आयोजनाको सम्पूर्ण प्रणालीको परीक्षण तथा सुरक्षा मूल्याङ्कनपछि मात्र उत्पादन सुरु गरिएको बताइएको छ।

अप्पर माई जलविद्युत आयोजना इलाम जिल्लामा अवस्थित पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको प्रमुख आयोजना हो। आयोजनामा देखिएको प्राविधिक समस्याको समाधान भएपछि उत्पादन पुनः सामान्य अवस्थामा फर्किएको कम्पनीले जनाएको छ। 

 

Advertisment

थप समाचार