काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सोपान फर्मास्युटिकल्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.९० प्रतिशतले घटेको छ ।
Advertisment